Tuesday, December 27, 2011

Office 2007 को डकुमेन्ट लाई PDF मा save गर्नुहोस् ::Add-Ins

माइक्रोसफ्ट Office word, excel, powerpoint २००७ मा बनाएको document लाई PDF(Portable Document Format) मा सेभ गर्न चाहनु हुन्छ भने तपाईंले एउटा माइक्रोसफ्ट Add-ins Download गरेर कम्प्युटर मा Install गर्नु पर्ने हुन्छ।  त्यो कसरी डाउनलोड गर्ने अनी कसरी Install गरेर PDF मा शेभ गर्ने भन्ने बारे मा आज को पोस्ट मा तल  लेखेको छु । 


�� सबै भन्दा पहिले यहाँ को कम्प्युटर मा Microsoft Office 2007 इन्स्टल गरेको हुनुपर्छ । 


�� त्यस पछी तपाईं ले एउटा Microsoft Office XPS and PDF Save Add-ins डाउनलोड गर्नु पर्छ .डाउनलोड गर्न को लागि यहाँ जानुहोस् । त्यस्पछी तल को जस्तो पेज खुल्ने छ । अनी डाउनलोड गर्न को लागि Download अप्सन मा क्लिक गर्नु होस् ।    

त्यसपछि यसलाई कुनै लोकेशन दिएर save गर्नु होस्| 
�� अब त्यो लोकेसन मा गएर SaveAsPDFandXPS.exe लाई open गर्नुहोस् ।
�� त्यस पछाडी इन्स्टल हुन सुरु गर्छ,  License Agreement लाई Accept गर्नु होस्
�� अब Microsoft Office को कुनै Program खोल्नुहोस र डकुमेन्ट बनाउनुहोस, यसलाई office button मा Click  गर्नुहोस, अनि save as option मा click गर्नुहोस अनि File Type मा Click गरेर PDF छान्नुहोस्.