Wednesday, January 18, 2012

मोबाईल मा चल्ने गेम र एप्लिकेसन(.jar File) लाई कम्प्युटर मा चलाउनुहोस्:

समान्यतया हामी जाभा सपोर्ट गर्ने मोबाईल हरु मा बिभिन्न किसिम का गेम र एप्लिकेसन हरु चलाउँछौ जस्तै मिग्, निम्बुज्, ओपेरा, केडी प्लेयर आदी । यदी तपाईंहरु ले यी फाइल हरु लाई कम्प्युटर मा राखेर चलाउन खोज्नुभयो भने चल्दैन । केहि समय पहिले मलाई साह्रै मन लागेको थियो मोबाईल मा चल्ने गेम र एप्लिकेसनलाई कम्प्युटरमा चलाउन लाई अनि मैले केहि उपाय हरु धेरै पहिले देखी खोजिरको थिएँ  भर्खरे मात्र सफल भए, एउटा सफ्टवेर फेला पारेँ आज म तपाईंहरुलाई त्यहि सफ्टवेर को बारेमा जान्कारी लेख्दै छु ।

सबै भन्दा पहिले यहाँ ले यो सफ्टवेर चलाउन को लागि Java Runtime Environment कम्प्युटर मा इन्स्टल गरेको हुनुपर्छ यदि गर्नुभएको छैन भने यहाँ बाट डाउनलोड गर्नुहोस .  र इन्स्टल गर्नुहोस |
इन्स्टल गर्ने बिधि:
  • डाउनलोड गरेको फाइल मा डबल क्लिक गर्नुहोस |
  • त्यस पछाडी Install Button मा क्लिक गर्नुहोस | 
 

    • इन्स्टल सुरु हुन्छ इन्स्टल हुन्जेल पर्खिनुहोस् ।  
    • Progress Complete भइसकेपछी एस्तो बक्स आउनेछ । 














    • आन्तिम मा close बटनमा क्लिक गर्नुहोस् । 
    अब तपाइँले एउटा आर्को पनि सफ्टवेर डाउनलोड गर्नु पर्ने हुन्छ यो सफ्टवेर ले चै .jar फायल हरु लाइ खोल्ने काम गर्छ | यो सफ्टवेर को नाम हो KEmulator | यो सफ्टवेर Download गर्न यहाँ जानुहोस यसको साइज करिब ३ एम बि जति छ | डाउनलोड भएपछाडी अब त्यस्लाई Install गर्नुहोस् ।
    Install गर्ने बिधी :
    • Download गरेको KEmulator को setup लाई डबल क्लिक गर्नुहोस् ।  
    • त्यस् पछाडि तल को जस्तो एउटा बक्स आउने छ । त्यहाँ बाट "Next" मा क्लिक गर्नुहोस् ।  
     

    •  "Next" मा क्लिक गरिसकेपछाडी Install Location माग्छ यस्लाई चेन्ज नगर्दा पनि हुन्छ, फेरी "Next" मा क्लिक गर्नुहोस् । 
    • फेरी "Next" मा क्लिक गर्नुहोस् । 












     


    • अब Install बटन मा क्लिक गर्नुहोस् । 















    • अब केही सेकेन्ड पर्खिनुहोस् (Install
    • त्यस्पछाडी तलको जस्तो बक्स आउनेछ अनी Finish मा क्लिक गर्नुहोस् ।
















    अब इन्स्टल भइसक्यो ।
    अब जाउँ .jar फाइल लाई कसरी खोल्ने भन्ने तिर।
    > Install गरेको KEmulator खोल्नुहोस् । 
    > Midlet menu मा क्लिक गरेर Load jar मा क्लिक गर्नुहोस् । 



















    > अब .jar format को फाइल लाई छान्नुहोस् । 
    > र open गर्नुहोस्  अब यो खुल्ने छ । 
    > मोबाईल मा जस्तै Keypad चाहियो भने View मा क्लिक गरेर Keypad मा क्लिक गर्नुहोस् । अनी keypad बाट चलाऊनुहोस् । 
















    > Lets Enjoy with many .jar Games and Applications!!!!!