Wednesday, February 22, 2012

तपाईं लेख्नुहोस् कम्प्युटर ले बोल्छ :: सफ्टवेर प्रयोग न गरी

मेरो कम्प्युटर मा जे लेख्यो त्यही बोल्छ । एउटा साथी ले केही बर्ष अगाडि भनेको थियो । मलाई पनि कौतुहल लाग्यो र उसलाई सोधे । कसरी ? उस्ले मलाई एउटा सफ्टवेर को बारे मा बतायो । मैले पनि केही समय अगाडि सम्म त्यो सफ्टवेर प्रयोग गरे । तर आज म यहाँ हरुलाई कुनै सफ्टवेर को प्रयोग न गरी कसरी आफुले लेखेको कुरा लाई कम्प्युटरले बोल्ने बनाउने भन्ने बारेमा लेख्दै छु । स्मरण रहोस् यो Visual Basic Script सँग सम्बन्धित जानकारी हो ।

यस्को लागि चहिने औजार हरु:
1) Text Editing Software ( उदाहरण : Notepad )
के गर्ने त?
1) सबै भन्दा पहिले notepad खोल्नुहोस् । (Start>Run>Type notepad and press Enter)

2) तलको कोड लाई कपि गरेर नोटप्याड मा पेस्ट गर्नुहोस् ।
Dim message, sapi
message=InputBox("Hey! Please Enter Text in given box and click on Ok","IT-HOPES")
Set sapi=CreateObject("sapi.spvoice")
sapi.Speak message


3) नोटप्याड मा पेस्ट गरिसकेपछी Ctrl+S थिच्नुहोस् ।
4) अब फाइल को नाम लेख्ने ठाउँ मा ilam.vbs दिनुहोस् । (यहां ilam को ठाउँ मा अरु नै नाम दिँदा हुन्छ तर .vbs लाई परिवर्तन गर्न मिल्दैन । )र शेभ मा क्लिक गर्नुहोस् ।

5) अब अघी शेभ गरेको ilam.vbs लाई Open गर्नुहोस् ।

6) बक्स मा केही कुरा लेख्नुहोस् र OK मा क्लिक गर्नुहोस् । अब कम्प्युटर ले अफुले लेखेको कुरा पढ्ने छ ।

Enjoy!!!